ट्रेण्डिङ

होमपेज / राजनीति

‘सरकारले काम गर्ने मेसो पाएन्'

नेपालगाथा २०७५ फाल्गुण २ गते बिहीबार १६:५८:१८ मा प्रकाशित

मोरङ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका सरकारले काम गर्ने मेसो नै नपाएको आरोप लगाएका छन् । विराटनगरमा बिहिबार पत्रकारसँगको कुराकानीमा उनले नेकपा सरकारले काम गर्ने प्राथमिकतासमेत निर्धारण गर्न नसकेको दाबी गरे । अहिलेका सरकारमा विधि र गति दुवै नभएको उनको भनाई थियो । पौडेलले पार्टीको महासमितिले विधानलाई परिमार्जन र परिस्कृत गर्न दिएको म्याण्डेट अनुसार नेतृत्व अघि बढ्न नसकेको आरोप लगाए ।

‘पार्टी सभापति शेरबहादुर देउवासँग बहुमत छ र त्यसको बलमा पार्टीलाई हाँक्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘यो पार्टी र मुलुक दुवैको हित विपरित छ । ’कांग्रेसले अहिले आफ्ना एजेण्डा लिई एकतावद्ध भएर जनतामा जानुपर्ने बेला भएको पौडेलले बताएका छन् । कांग्रेसका नेता कार्यकता व्यवस्थित र पार्टीलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top