होमपेज / राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुुस लिने जिल्ला अदालत काठमाडौंका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अदालतका नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध जरिवाना र कैद सजाय माग दावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएका छन् ।
अदालतको फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा चालिसेले सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले अभियुक्तलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुसबापत रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।
नायव सुब्बा भोलानाथ चालिसेले अनुसन्धानको क्रममा बयान गर्दा बरामद घुस रकम काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको ईजलाशमा विचाराधीन मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीशको सल्लाह र सहमतिमा लिएको भनेर उल्लेख गरेको हुँदा न्यायाधीशलाई समेत कारवाही सिफारिश गरिएको छ ।