ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेस महामन्त्री खड्का सुर्खेतमा

नेपालगाथा २०७५ फाल्गुण २ गते बिहीबार १२:२७:०७ मा प्रकाशित

सुर्खेत। नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सुर्खेत अाएका छन् । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको सुर्खेतमा भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारै नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए । बुद्ध एयरको विमानबाट ओर्लन वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए ।

त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए । स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत आएको महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top