ट्रेण्डिङ

होमपेज / राजनीति

'प्रदेशलाई भ्रष्टाचार रहित बनाउनुहाेस्' - प्रदेश प्रमुख खनाल

नेपालगाथा २०७५ माघ २८ गते सोमबार १८:५२:५५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशलार्इ भ्रष्टाचार रहित बनाउनु सम्पुर्ण कर्णाली बासीलार्इ अाग्रह गर्नु भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको उदघाटन गर्दै कर्णाली प्रदेश खनालले भ्रष्टाचार न्यूनिकरणका लागि आयोग सक्रिय हुनु पर्ने बताउनु भएकाे हाे।

सोमबार सुर्खेतस्थित अख्तियारको आफ्नै कार्यालय प्राङ्गणमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा शुभकामनाका ब्यक्तगर्दै प्रदेश प्रमुखले शासकिय संरचना अनुरुप राष्ट्रिय,प्रदेश र स्थानीय साधन र सम्पत्तिको अक्षरसःसदुपयोग गर्ने,गराउने भूमिकामा अख्तियार सफल हुने विश्वास समेत ब्यक्त गर्नु भयाे ।

मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार्यान्वयनसँगै विभिन्न तहमा नेतृत्व गर्ने राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेबक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्युनिकरण गर्दै जनताको समृद्धिका लागि जुट्नु पर्ने बताउनु भएकाे हाे ।

खनालले  भ्रष्टाचार भनेको आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनिबन्न रकम लिनु मात्रै नभएर अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रुपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार नै भएको र यसको अन्त्यका लागि विभिन्न तहमा कार्यरत कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयाे।  

वर्तमान समयमा सन्चारमाध्यममा आउने गरेका भ्रष्टाचारका समाचारले आयोगको कार्यलाई चुनौति थपेको र भ्रष्टाचार अन्त्यका लागि कडा मेहनत र परिश्रम गर्नु पर्ने बताउनु भयाे । राष्ट्र र समाजलाई अघि बढाउने सपना देखेका हामी सबैको सपना पूरा हुन नदिने भनेका भ्रष्टाचारीहरु र भ्रष्टाचार नै हो भन्दै यसको न्युनिकरण गर्न नसक्दा सम्म देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना साकार हुन नसक्ने उहाँकाे भनाइ थियो ।

हामी जो,जे,जहाँ जुन भूमीकामा छौँ सबैले इमान्दारीपूर्वक भ्रष्टाचारविहिन स्थानीय निकाय, प्रदेश राराष्ट्र निर्माणमा योगदान दिन सबैलाई आग्रह गर्नु भयाे । मुलुकका ७ प्रदेशमध्ये कर्णाली प्रदेशलाई भ्रष्टाचाररहित दक्ष प्रशासन र स्वच्छ आर्थिक कारोबारमा अनुकरणीय नेतृत्व प्रस्तुतगर्न आह्वान गर्नु भएकाे थियाे । यस्तै स्थापना दिवसका अबसरमा आयोजित कविता प्रतियोगिता समेत भएकाे थियाे । प्रतियोगिताबाट प्रथम प्रविण कुमार आचार्य र द्वितिय सर्बज्ञा आचार्य भएका हुन् । उनिहरुलार्इ प्रदेश प्रमुख खनालले नगद तथा प्रमाणपत्र प्रदान गर्नु भएकाे थियाे ।

अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा जिसस अध्यक्ष छविलाल सिग्देल,नगर प्रमुख देबकुमार सुबेदी,मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र मुख्य सचिब रामप्रसाद थपलिया पत्रकार दुर्गाथापा र अशल शासनका हरि अधिकारीले अाफ्नाे धारण राखेका थिए । स्थापना दिबसका अबसरमा राखिएको रक्तदान कार्यक्रममा उपसचिब जङ्गबहादुर डाँगी,इन्जिनियर नारायण प्रसाद श्रेष्ठ सहित ११ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top