ट्रेण्डिङ

होमपेज / राजनीति

राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १७:००:३० मा प्रकाशित

काठमाडौं । विभिन्न  देशका लागि नियुक्ति पाएका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीसमक्ष इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेको प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्। उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top