होमपेज / राजनीति

कैलालीमा नयाँ नेतृत्व

नेपाल गाथा २०७५ माघ २५ गते शुक्रबार १५:४०:५८ मा प्रकाशित

कैलाली । निर्माण व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । संघको २५ औं साधारणसभाबाट अध्यक्षमा यज्ञराज उपाध्याय, बरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल, प्रथम उपाध्यक्षमा ओमराज पाठक र द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद जोशी निर्वाचित भएका छन् । त्यस्तै, संघको महासचिवमा दिनेशबहादुर सिंह, नीतिगत उपमहासचिवमा धिरेन्द्र साउँद, आन्तरिक उपमहासचिवमा बिक्रम बिष्ट, कोषाध्यक्षमा दीर्घराज जोशी र सहकोषाध्यक्षमा तपेन्द्र शाह चयन भएका छन् ।

त्यसैगरी, संघको सदस्यहरुमा अमरबहादुर खड्का, अमरसिंह टेर, अमर सिंह रावल, जनक कुँवर, योगेन्द्र चन्द, सुरेन्द्र राज भट्ट र शिद्धराज भट्ट चयन भएका छन् । महिला सदस्यमा मीनाकुमारी शर्मा र समावेसी सदस्यमा मदनबहादुर वी.सी. चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता वीरबहादुर जेठाराले जानकारी दिए ।

निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई आजै सपथग्रहण पश्चात पद हस्तान्तरण गरिएको छ । संघका निवर्तमान अध्यक्ष्य प्रकाशबहादुर सेठीले संस्थाको माईन्युट बुक नव निर्वाचित अध्यक्ष यज्ञराज उपाध्यायलाई हस्तारण गरी पदभारसमेत सुम्पेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top