ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख बीच भेटवार्ता 

नेपालगाथा २०७५ माघ २४ गते बिहीबार २१:०१:५२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र हस्तान्तरण गर्नुभएको हो ।

बुधबार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश सभाको हिउदे अधिवेशन फागुन १५ गते दिउसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसंग प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि भएको ढिलाई वारे चासो राख्नुभएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय आवश्यक भएको जानकारी गराउनुभएको छ । यसैगरि भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारवाहीका वारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top