ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश सभाकाे हिउदे अधिवेशन फागुन १५ गते आह्वानका लागि सिफारिश

नेपालगाथा २०७५ माघ २३ गते बुधबार १९:१७:२३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारकाे बुधबार बसेकाे मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश सभाकाे हिउदे अधिवेशन फागुन १५ गते आह्वानका लागि सिफारिश गर्ने लगायतका विभिन्न विषयहरुमा निर्णय गरेकाे छ । बैठक सकिय लगतै विभिन्न शिर्षकमा ११ वटा निर्णयहरु गरिएकाे सरकारका प्रवक्ता  तथा भूमि, व्यवस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयाे ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु:

१. भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रस्तावित गरेको प्राङ्गारिक कृषि विधेयक २०७५ प्रदेशसभा समक्ष पेश गर्नको लागि स्वीकृती प्रदान गर्ने ।

२. सोही मन्त्रालयले प्रस्तावित गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवद्र्घन विधेयक २०७५ लाई मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने ।

३. सोही मन्त्रालयले सरकारी भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव संघीय सरकारलाई पठाउने ।

४. सामाजिक विकास मन्त्रालयले प्रस्तावित गरेको श्रम तथा रोजगार प्रवद्र्धन नीति २०७५ स्वीकृत गरियो ।

५. सोही मन्त्रालयले प्रस्तावित गरेको प्रदेशमा खेलकुदको विकास सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने ।

६. सामाजिक विकास मन्त्रालयद्वारा प्रस्तावित गरेको घरेलु हिंसा नियन्त्रण गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

७. आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सुशासन सम्वन्धी विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने ।

८. सोही मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक प्रसारण सम्वन्धी व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्नका लागि स्विकृति प्रदान गर्ने ।

९. भौतिक पुर्वाधार मन्त्रालयले प्रस्ताव गरेको पुर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्वन्धमा वनेको विधेयक लाई सैद्धान्तिक सहमति प्रदान गरियो।

१०. प्रदेश समन्वय परिषदको पहिलो ऐ्तिहासिक वैठकलाई सफल पार्न सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो।

११. कर्णाली प्रदेशसभाको हिउदे अधिवेशन २०७५ फागुन १५ गते अपरान्ह १ वजे आहाव्नका लागि सिफारिश गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top