ट्रेण्डिङ

होमपेज / राजनीति

‘माछाको पकेट एरिया पानीले साकार पार्नेछ’ – मन्त्री केसी

नेपालगाथा २०७५ माघ १९ गते शनिबार ११:५७:४० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले माछाको पकेट एरिया पानीले साकार पार्ने बताउनु भएको छ ।

कर्णाली प्रदेशका ५ वटा जिल्लामा कर्णाली नदी तटीय क्षेत्रमा मत्स्य पालन र मत्स्य व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री केसीले माछाले कर्णाली प्रदेशलाई पकेट एरिया को रुपमा साकार पार्ने बताउनु भएको हो ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाल मत्स्य समाजले गरेको अभिमुखिकरण कार्यक्रममा मन्त्री केसीले यस्तो बताउनु भएको हो । उक्त क्षेत्रको लागि सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा अध्ययन गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले कर्णाली प्रदेशमा पत्स्य व्यवसायकाे बारेमा आ-आफ्नाे धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्स्य समजका विभिन्न प्रर्तिनिधिहरु लगायत अन्य सम्वन्धित विभिन्न क्षेत्रका मानिसहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top