ट्रेण्डिङ

होमपेज / राजनीति

गिरिजा कोइराला परिवारको राजनीति जीवन झल्कने संग्राहलय बनाउने तयारी

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:२५:४७ मा प्रकाशित

विराटनगर । जीपी फाउन्डेसनले नेपाली कांग्रेसका शिखर पुरुष तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत कोइराला परिवारको राजनीति जीवन झल्कने संग्राहलय बनाउने भएको छ । विराटनगरमा रहेको जीपी फाउन्डेसन परिसरमा संग्रहालय बनाउने भएको छ ।

संग्राहलय बनाउन १ नम्बर प्रदेश सरकारले फाउन्डेसनलाई ४० लाख छुट्याएको छ । सोही रकमबाट संग्रहालयको निर्माणको काम थालिने प्रतिष्ठानकी १ नम्बर प्रदेश संयोजक इन्दिरा थापाले बताउँनु भएको छ ।

संग्रहालय निर्माणको लागि इन्जिनियर गोविन्द श्रेष्ठले निःशुल्क प्राविधिक सहयोग गर्ने भएका छन् । कसरी बनाउने भन्नेबारे फाउन्डेसन र प्राविधिक इन्जिनियरबीच छलफल शुरू भएर डिजाइन भइरहेको जनाइएको छ ।

संग्रहालयमा प्राजातान्त्रिक आन्दोलनका अग्राणी नेता गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद कोइराला समेतको जीवनीमा आधारित वस्तु तथा कृति राखिने थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top