ट्रेण्डिङ

होमपेज / राजनीति

सार्वजनिक विदा निर्धारण सुझाव समिति गठन

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:२३:१२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा हुने विभिन्न किसिमका पर्व तथा अन्य सार्वजनिक बिदाहरुको बारेमा छलफल तथा सबैको सुझाव संकलन गर्नको लागि सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरेको छ ।

कर्णाली प्रदेशको पौष २६ गते बसेको ३३औँ मन्त्रीपरिष्द बैठकले उक्त निर्णय गरेको हो । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको मार्फत आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सरकारले गरेका निर्णएहरुको बारेमा जानकारी दिनुभएको हो ।

उहाँले प्रदेशमा रहेका विभिन्न समूहलाई लक्षित गरेर बर्ष भरि हुने विदाकाे बारेमा सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिएको बताउनु भएको हो । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजक रहनु भएको छ भने कर्णाली प्रदेशका सामाजिक विकास दल रावल सदस्य रहनु भएको छ भने मुख्य मन्त्री तथा मन्त्रि परिषद कार्यालयका सचिव यज्ञराज बोहरा सदस्य रहनु भएको छ ।

माघ १ गते सार्वजनिक विदा दिने

कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णाय गरेको छ । त्याे संगै बैठकले अन्य विभिन्न सात वटा निर्णयहरु गरेकाे छ । जसमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई शैद्घान्तिक सहमति प्रदान गर्ने निर्णाय गरेकाे छ । जुन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गर्ने छ । कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्विकृत गर्न निर्णय गरेकाे छ । जुन सामाजिक विकास मन्त्रालयले तयार गरेकाे हाे ।

प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेकाे छ । जुन सामाजिक विकास मन्त्रालयले तयार गरेकाे हाे । घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने निर्णाय गरेकाे छ ।  जुन सामाजिक विकास मन्त्रालयले तयार पारेकाे हाे ।

उपभोक्ता हित संरक्षण सम्बन्धी बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेकाे छ । जुन उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्रालयले तयार पारेकाे हाे । जुम्ला जिल्ला कनकासुन्दरी गाँउपालिकाकाे नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनैतिक समितिमा पठाउने निर्णाय गरेकाे कर्णाली सरकारले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top