ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदीप ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:२१:५८ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीवार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

रायसिना सम्मेलनमा भाग लिन भारत पुगेका मन्त्री ज्ञवाली र स्वराजबीच भएको भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ । मन्त्री ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीवार बिहान नयाँदिल्ली पुगेका थिए ।

मन्त्री ज्ञवालीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top