ट्रेण्डिङ

होमपेज / प्रबिधि

डिजिटल कर्णाली कनक्लेभ हुँदै 

नेपालगाथा २०८० फाल्गुण १६ गते बुधबार २१:४८:५० मा प्रकाशित

सुर्खेत। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा फागुन १८ र १९ गते कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली डिजिटल कनक्लेभ आयोजना हुने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले कर्णाली प्रदेशलाई प्रविधितर्फ अगाडि बढाउनका लागि डिजिटल साक्षरताका लागि कनक्लेभ गर्न खोजिएको बताए। दुई दिनसम्म सञ्चालन हुने कन्क्लेभले प्रदेशको डिजिटल रोडम्याप बनाउन सहयोग पुग्ने मन्त्री जिसीले बताए।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीबासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ । दुई दिने कन्क्लेभमा ४० बढी सरोकारवाला र विज्ञ वक्ताको सहभागिता रहनेछ।

सुर्खेतस्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानीय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top