ट्रेण्डिङ

होमपेज / प्रबिधि

भिभोका 'भी ट्वान्टीसेभेन फाइभजी' र 'भी ट्वान्टी सेभेन ई' फोनकाे प्रि–बुकिङ खुल्ला  

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार १६:१०:२५ मा प्रकाशित

सन्ताेष भण्डारी, सुर्खेत । भिभो ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन 'भी ट्वान्टीसेभेन' सिरिज सार्वजनिक गरेको छ । भिभोको आधिकारिक बिक्रेता भिभो नेपालले आज देश भर भिभो 'भी ट्वान्टीसेभेन फाइभजी' र 'भी ट्वान्टी सेभेन ई' सिरिज सार्वजनिक गरेको हो ।

सिरिजको प्रि बुकिङ  ( मे ८ तारिखदेखि मे १४ तारिख) वा आज (साेमबार) देखि  अर्काे साताकाेआइतबार सम्मका लागि खुल्ला गरेको छ । भिभोको पहिलो थ्रीडी कर्भ स्क्रिन भएको सिरिज ग्राहकले ३ हजार रुपैंयाँ तिरेर प्रि–बुकिङ गर्न सकिने छ । साथै प्रि–बुकिङ गर्ने ग्राहकले भी ट्वान्टीसेभेन फाइभजीमा भिभोको टीडब्लुएस एयरपड्स प्राप्त गर्दा भी ट्वान्टी सेभेन ई मा नोइज कलर फिट ग्राण्ड स्मार्ट वाच प्राप्त गर्ने छन् ।

भी ट्वान्टीसेभेन  सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । भिभो भी ट्वान्टीसेभेन फाइभजीमा ५० एमपि ओआईएससगँ सोनि आईएमएक्स ७६६ भी सेन्सेर साथै औरा लाइट पोट्रेट प्रणाली र सेल्फी क्यामरा ५० एमपिको पोट्र्रेट क्यामरा रहेको छ । भी ट्वान्टीसेभेन ६४ एमपि ओआईएस अल्ट्ररा क्यामरा र सेल्फी क्यामरा ३२ एमपि एचडी क्यामरा रहेको छ । साथै, अद्वितीय विशेषताहरू तथा उत्कृष्ट क्यामेराले प्रतिस्पर्धीहरूबाट यसलाई आकर्षक बनाउने कम्पनीको भनाइ छ । औरा लाइट पोट्रेट प्रणाली एक आकर्षक विशेषता हो जसले पोट्र्रेटहरूमा एक्सपोजरलाई बढाउँछ र प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि अद्भुत शटहरू खिच्न सक्षम बनाउँछ ।

यी विशेषताहरुले प्रयोगकर्ताहरूलाई कुनै पनि वातावरणमा रचनात्मक रूपमा विस्तृत विषयहरू सहित आकर्षक पोट्र्रेट खिच्न  सक्षम बनाउँछ’, कम्पनीको भनाई रहेको छ ।फोनमा स्लीक डिजाइन, भी ट्वान्टीसेभेन फाइभजी र ई मा औरा लाइट पोर्ट्रट सिस्टम, ४६०० एमएएच ब्याट्री, ६६ वाट फ्ल्यास चार्जमा १५ मिनेटमा ४१ प्रतिशत र ३० मिनेटमा ७१ प्रतिशत साथै एकघण्टा भन्दाकम समयमै पूर्ण चार्ज हुने कम्पनीले विश्वास  लिएको छ । २.५डी स्क्रिन १२० हर्जको फुल एच्डि प्लस डिस्प्ले  'भी ट्वान्टीसेभेन फाइभजी' मा ४ एनएमको मेडियाटेक डाइमनसिटी ७२०० को चिपसेट रहेको छ भने 'भी ट्वान्टीसेभेन ई' मा मेडियाटेक डाइमनसिटी जि ९९ को चिपसेट र स्टोरेजको कुरा गर्नुपर्दा ८ जिबिको र्‍याम र २५६ स्टोरेज क्षमता रहेको छ ।

'भी ट्वान्टीसेभेन फाइभजी' फोनमा म्याजिक ब्लु र नोबल कालो यस्तै 'भी ट्वान्टीसेभेन ई' मा लैभेन्डर बैजनी र महिमा कालो गरी दुईरदुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ । 'भी ट्वान्टीसेभेन फाइभजी' को मुल्य नेपाली बजारमा ५८ हजार ९ सय ९९ र 'भी ट्वान्टीसेभेन ई' को मुल्य ४१ हजार ९ सय ९९ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top