होमपेज / प्रबिधि
निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ । विद्युत् गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाध्ने र बालुवा थिग्राउने तीन वटा भूमिगत पोखरीमा ढलान गर्नेकाम तीब्र रूपले अगाडि बढेको हो ।
एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको चार हजार एक सय पचासी मिटर हेडरेस सुरूङ , विद्युत गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पुरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिनुभयो । आयोजनाको निर्माण स्थलमा दुई सय २२ नेपाली तथा ६६ चिनियाँ कामदारले कार्यरत रहेका छन ्। कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुई ले यथेष्ट कामदार भने ल्याउन नसकेको बताइन्छ ।
सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भएता पनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइट इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्नेकाम प्रभावित भएको आयोजनाका प्राविधिकहरूले जनाएका छन् ।कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको सो कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा ९ विद्युत् गृहको पानी बाहिर पठाउने ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
१३ अर्ब ६४ करोडको लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाई भएपनि ऊर्जा उत्पादनको कार्य दीगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् । रासस