ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेस्न्कीबीच भेटवार्ता

नेपालगाथा २०८१ भाद्र ७ गते शुक्रबार १६:०४:०२ मा प्रकाशित

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीबिच भेटवार्ता भएकाे छ । कीभमा मोदी र जेलेन्स्कीबीच भेटवार्ता भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ ।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top