ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

वथनाहा-विराटनगरकाे रेलवे सेवा प्रचण्ड र मोदीद्धारा उद्घाटन

नेपालगाथा २०८० जेठ १८ गते बिहीबार १३:३१:०९ मा प्रकाशित

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र मोदीले बिहीबार दुई देशको झण्डा देखाएर रेलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।

प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ । विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top