होमपेज / अन्तराष्ट्रिय
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको छ । चार दिने भारत भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार हैदराबाद हाउस पुगेका हुन् ।
बैठकमा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल भएकाे बताइएको छ । ‘यसमा हाम्रो पुरानो सम्बन्धलाई बलियो बनाउने एजेन्डा पनि समावेश छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।