ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाटै पक्राउ

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। 

इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यससँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ। 

पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ। पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताए। उनले तत्काल अदालतमा पेस गर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top