ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ट्रम्प पक्राउसम्बन्धि प्रश्नको उत्तर दिन मानेनन् राष्ट्रपति बाइडनले

नेपालगाथा २०७९ चैत्र २२ गते बुधबार ११:४९:२३ मा प्रकाशित

काठमाडौँ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडनले कुनै प्रतिक्रिया दिन अस्विकार गरेका छन् । संचारकर्मीहरुले ट्रम्प पक्राउसम्बन्धि आफ्नो धारणा राख्न आग्रह गरेपनि बाइडनले भने कुनै प्रतिक्रिया नदिने बताएको बीबीसीले जनाएको छ ।

ट्रम्प अदालतमा उपस्थित भइरहँदा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा भने ‘साइन्स एन्ड टेक्नोलोजी’ काउन्सिलका एडभाइजरसँग आर्टिफिसियल इन्टेलिजेन्सको खतरा र संभावनाबारे छलफल गरिरहेका थिए ।

यसअघि भने ह्वाइट हाउसकी संचार सचिव कारिने जिन-पियरीले मुद्दा चलिरहेका कारण यसमा ह्वाइट हाउसको कुनै प्रतिक्रिया नरहेको बताएकी थिइन् । ट्रम्पमाथि ३४ आरोपहरू लगाइएको छ । उनले मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top