ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनको गुइझोउमा सडक दुर्घटना : सत्ताइसको मृत्यु, बीस जना घाइते

नेपालगाथा २०७९ आश्विन २ गते आइतबार १४:००:२१ मा प्रकाशित

काठमाडौं । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् । 

आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए । सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top