ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १३:०७:१२ मा प्रकाशित

काठमाडौं ।  फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ ।

साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो ।यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो । फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ ।

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित बिहीबार थपिएका बताइएको छ । यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि सङ्क्रमण भएको थियो । तर अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । यहाँको जनसंख्याको ७२।८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top