ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

थाई आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

नेपालगाथा २०७९ भाद्र २९ गते बुधबार १४:१०:५३ मा प्रकाशित

काठमाडौं । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताउनु भएको छ ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए । 

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताउनु भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top