ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १५:२६:५७ मा प्रकाशित

काठमाडौं । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स आईएस का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ।

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् । सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नष्ट गरेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top