ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परे

नेपालगाथा २०७९ भाद्र २२ गते बुधबार १६:१०:२२ मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् ।

पछिल्लो समयमा खराब नतिजा निकालेको भन्दै क्लबले प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जिताउने प्रशिक्षकलाई चेल्सीले आफ्नो इतिहासमा सही स्थान दिनेछ ।’

चेलको प्रशिक्षणमा चेल्सीले १०० खेल खेल्यो । जसमध्ये चेल्सीले ६० खेलमा जित, २४ खेलमा बराबरी र १६ खेलमा हार ब्यहोरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top