ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

युक्रेनका राष्ट्रपतिले गरे मध्यावधि निर्वाचनको घोषणा

नेपालगाथा २०७६ जेठ ७ गते मंगलबार १५:००:३२ मा प्रकाशित

काठमाडौं । युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमवार आफ्नो शपथग्रहण भाषणमा मध्यावधि संसदीय चुनावको घोषणा गरेका छन् । उनको प्राथमिकता देशको पूर्वी भागमा रुस समर्थित पृथकतावादीसँगको संघर्ष अन्त्य गर्नु रहेको उनले बताए । जेलेन्स्कीले सोभियत कालपछिको युक्रेनका सबभन्दा युवा राष्ट्रपतिका रूपमा शपथ लिए । उनले एक महिनाअघि पेत्रो पोरोशेन्कोलाई हराएका थिए ।

जेलेन्स्की राजनीतिमा आउनुअघि हास्यकलाकार थिए । शपथग्रहणको सम्बोधनका क्रममा उनले समयअगावै चुनाव गराउनका लागि संसद् भंग गर्ने घोषणा गरे । प्रधानमन्त्री भोलोदिमिर ग्रायसम्यानले जेलेन्स्कीसँगको मतभेदका कारण राजीनामा दिएका छन् ।एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top