ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

नेपालगाथा २०७६ जेठ २ गते बिहीबार १५:३४:४६ मा प्रकाशित

एजेन्सी । रियो डे जेनेरियो- भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन्। टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो। तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ।

गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो। अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ। अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ। सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

Top