ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इरानसँग युद्ध नगर्ने अमेरिकी विदेशमन्त्री पोम्पिओको स्पष्टिकरण

नेपालगाथा २०७६ जेठ १ गते बुधबार १५:१५:५२ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुहरुले इरानसँग युद्ध नचाहेको बताएका छन्। दुई देशबीच तनाव चुलिई रहेको बेला विदेशमन्त्री पोम्पिओले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका हुन। रुसको सोची सहरमा रुसी विदेशमन्त्री सर्गेई लावरोफसँग वार्ता गरिरहेका विदेशमन्त्री पोम्पिायोले अमेरिकारले मौलिक रुपमा युद्ध नचाहेको बताए। उनले इरानले एक सामान्य मुलुकसरह व्यवहार गरोस भन्ने अमेरिकाले अपेक्षा राखेको स्पष्ट पारे।

अमेरिकाको हितमा हमला भए जवाफ दिने विदेशमन्त्री पोम्पियोको चेतावनी थियो। यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेईले पनि अमेरिकासँग युद्ध नहुने बताएका छन्। उनले परमाणु सम्झौताको विषयलाई लिएर अमेरिकासँग वार्ता नहुने पनि स्पस्ट पारे। गतहप्ता अमेरिकारले मध्यपूर्वमा जंगी जहाज र विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।

वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले रुसी समकक्षीलाई भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरालाई समर्थन नगर्न आग्रह गरेका छन्। जवाफमा रुसी विदेशमन्त्री लावरोफले मादुरोलाई लिएर अमेरिकारले दिने धम्की गैर–लोकतान्त्रिक भएको टिप्पणी गरेका थिए। एजेन्सी ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top