ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

श्रीलंकामा पुनः सामाजिक सञ्जालमा बन्द

नेपालगाथा २०७६ बैशाख ३० गते सोमबार १४:२२:३९ मा प्रकाशित

श्रीलंकामा पुनः सामाजिक सञ्जालमा बन्द गरिएको छ। मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, इन्स्टाग्राम, युटुब, भाइबर र ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हाे। आइतबार क्रिश्चियनको बाहुल्यता रहेकाे चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो। गत वैशाख ८ गते श्रील‌कामा भएकाे आत्मघाती हमलामा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो। क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहि मानिसलाई प्रहरीले पक्राउ गरेकाे छ। एजेन्सी ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top