होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । म्यान्मारको यांगून विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चिप्लिँदा ११ यात्रु घाइते भएका छन् । शहरमा ठूलो आँधी आएपछि धावनमार्ग चिप्लो बनेको थियो । बंगलादेश एयरलाइन्सको विमान रनवे किनाराको घाँसमा चिप्लेको हो । एएफपीका फोटोग्राफरले एक घाइते महिलालाई स्ट्रेचरमा राखेर एम्बुलेन्सतिर लगेको देखे । नाम नबताउने शर्तमा एएफपीलाई विमानस्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए, ‘एक पाइलट, एक विमान परिचारिका र नौ यात्रीलाई सामान्य चोट लागेको छ ।’
स्थानीय समयअनुसार बुधवार बिहान ६ बजेर ५० मिनेट जाँदा विमान धावनमार्गमा चिप्लिएको हो । यांगून अन्तर्राष्ट्रिय विमानस्थलले यसको पुष्टि गरेको छैन तर भारी वर्षाका कारण अर्को आदेश नआउन्जेल रनवे बन्द गरिएको घोषणा गरेको छ । एजेन्सी ।