ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफगानिस्तानमा तैनाथ एकजना अमेरिकी सैनिकको ज्यान गयो

नेपालगाथा २०७६ बैशाख २५ गते बुधबार १७:४४:४२ मा प्रकाशित

वासिङ्टन । अफगानिस्तानमा तैनाथ एकजना अमेरिकी सैनिकको ज्यान गएको छ । यो घटनाको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ ।

उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top