ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रोयटर्सका दुई पत्रकारलाई रिहा

नेपालगाथा २०७६ बैशाख २४ गते मंगलबार १४:२७:३० मा प्रकाशित

एजेन्सी । रिहाम्यानमारले समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई रिहा गरेको छ। रोहिंग्या समुदायमाथि म्यानमारको सेनाले गरेको दमनबारे समाचार लेख्ने ती पत्रकारलाई हिरासतमा लिइएको थियो। म्यानमारका राष्ट्रपति विन मिन्टले रोयटर्सका पत्रकारद्वय वा लोन र क्वाय सोए ओलाई रिहा गरिएको जानकारी दिए। पुलिट्जर पुरस्कारबाट सम्मानित दुवै पत्रकारलाई राष्ट्रपति मिन्टले नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरूसँगै रिहा गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

म्यानमारमा हरेक नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट कैदीहरूको सजाय माफ गरिन्छ। सुरक्षासम्बन्धि गोप्य कानुनको उलंघन गरेको आरोपमा रोयटर्सका पत्रकार वा लोन र सोई ओलार्इं गत सेप्टेम्बरमा सात-सात वर्षको कैद सजाय सुनाइएको थियो। सन् २०१७ मा १० मुस्लिम रोहिंग्या शिविरमा सरकारी सुरक्षा बलले गरेको कारबाहीको रिपोर्टिङ गरेका उनीहरूलाई पक्राउ गरिएको थियो। यांगुनको बाहिरी क्षेत्रमा रहेको जेलबाट बाहिर निकालिएपछि ३३ वर्षीय वा लोनले आफ्ना परिवार र साथिहरूलाई देख्न पाएर खुशी भएको प्रतिक्रिया दिए।

रोयटर्सका एडिटर इन चीफ स्टेफन जे. एडलरले म्यानमार सरकारले आफ्ना साहसी संवाददाताहरूलाई रिहा गर्ने निर्णय गरेकोमा खुसी व्यक्त गरेका छन। म्यानमारमा पक्राउ परेका दुवै पत्रकारले गत महिना पुलिट्जर पुरस्कार प्राप्त गरेका थिए। उनीहरूलाई म्यानमार सरकारले सजाय सुनाएपछि विश्वभर आलोचना हुनुका साथै यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top