ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु

नेपालगाथा २०७६ बैशाख २१ गते शनिबार ०८:३४:३७ मा प्रकाशित

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ ।

तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन् । प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top