ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतको महाराष्ट्रमा माओवादी आक्रमण

नेपालगाथा २०७६ बैशाख १८ गते बुधबार १६:३१:३४ मा प्रकाशित

काठमाडौं । भारतको महाराष्ट्रमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मी मारिएका छन् ।

माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् ।

बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । माओवादी लडाकुले आईईडी बिस्फोट गराएको जनाइएको छ ।

बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।इमेज बाँट

प्रतिक्रिया

सम्बन्धित खवर

Top