ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकाका व्यक्तिले बनाए कीर्तिमान

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:०७:१९ मा प्रकाशित

काठमाडौं । अमेरिकाका कोलिन ओ ब्रेडीले अन्टार्कटिका महादेश एक्लै कसैको पनि सहायता नलिइकन पार गर्ने कीर्तिमान बनाएका छन् । यसो गर्ने उनी संसारका पहिला र एकमात्र मानिस हुन् ।

उनले उत्तरदेखि दक्षिण अन्टार्कटिकाको १६ सय किलोमिटर दूरी ५४ दिनमा पूरा गरे । ब्रेडीको अभियानमा जीपीएसबाट नजर राखिएको थियो । अन्टार्कटिकामा पहिलोपटक नर्वेका रोआल्ड एमन्डसेन र त्यसपछि बेलायतका रोबर्ट फाल्कन स्कट पुगेका थिए ।

सन् २०१६ मा बेलायती सेनाका अधिकारी कर्नल हेनरी वार्स्लेले पनि एक्लै दक्षिणी ध्रुव पार गर्ने कोशिश गरिरहेका थिए तर उनको मृत्यु भयो । ओब्रेडी र बेलायतका लुई रडले नोभेम्बर ३ मा फरक फरक हिमनदीबाट अन्टार्कटिका यात्रा शुरू गरेका थिए ।

ओब्रेडीले लगभग १८० किलो सामान लिएर हिँडेका थिए । प्रशान्त महासागरमा रहेको फिनिशिङ पोइन्ट रस आइस हशेल्फमा उनी २६ डिसेम्बरमा पुगेका हुन् ।

रड उनीभन्दा दुई दिन पछि परेका छन् । द न्युयोर्क टाइम्सले ओब्रेडीको अभियानलाई ध्रुवीय यात्राको इतिहासमा उल्लेखनीय प्रयास बतायो । उसले लेख्यो, ‘अन्तिम १२४ किलोमिटर पूरा गर्न गाह्रो ओब्रेडीलाई गाह्रो भयो किनकि ५३ दिनमा हजारौं किलोमिटर हिँडेर उनीथाकिसकेका थिए । उनले आफ्नो लागि यस्तो लक्ष्य निर्धारित गरे जसलाई प्रायः जसो मानिस बीचैमा त्यागिदिन्छन् ।’एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top