होमपेज / खेलकुद
सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा छात्रा भलिबल प्रतियोगिता साेमबार सम्पन्न भएकाे छ । युवाहरुको सहभागिता र खेलकुदको महत्व बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय समुदाय, विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहेकाे थियाे ।
आयोजक आवाज संस्थाका अनुसार प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा प्रमुख अतिथि वडा नं २ बका वडा अध्यक्षले खेलकुदको महत्व, युवा शक्तिको भूमिका र समाज विकासमा उनीहरूको सक्रिय सहभागिताबारे आफ्नाे विचार प्रकट गरेका थिए ।
.jpg)
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले खेलकुद मार्फत अनुशासन, आपसी सहयोग र स्वस्थ प्रतिस्पर्धाको संस्कार सिकेको बताए । स्थानीय बासिन्दा र शिक्षकहरूले पनि यस्ता गतिविधिले खेल संस्कृति र युवाबीचको सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय युवा दिवसकै दिन गरिएको यस कार्यक्रमले युवाहरूमा ऊर्जा, आत्मबल र एकताको भावना जगाएको आयोजक संस्था आवाजले जनाएको छ।
गाेविन्द बहादुर रावत, प्रशिक्षार्थी पत्रकार