ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

नेपालगाथा २०८३ जेठ १० गते आइतबार ११:५८:४९ मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पाँचौं बैठक आज(आईतबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ । 

बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्रीधनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top