ट्रेण्डिङ

होमपेज / विचार

कुचोदेखि कुचिसम्मको अबिराम यात्रा

नेपालगाथा २०७७ भाद्र २६ गते शुक्रबार १५:५२:५४ मा प्रकाशित

‘लेख्दै गए कलम तिखो हुन्छ, बोल्दै गए जिब्रो तिखो हुन्छ’    

माथिको प्रेरणदायी शब्द भन्ने भौतिक शरिर आज छैन उनका बोली यि कानबाट टंङ्ङ बज्छन् । बर्दिया जिल्ला, गुलरिया नगरपालिकाका तत्कालिन नगरप्रमुख गोविन्दप्रसाद पाण्डेयको २०६५ असार १५ गते राति अज्ञात व्यत्तिबाट हत्या गरियो । म त्यसबेला नेपालगञ्ज शान्ति थापाकहाँ डेरागरी बस्थे । १६ गते बिहान मोर्निङ् वाकमा वीरेन्द्रचोकमा कान्तिपुरका पत्रकार जे पाण्डेसंग भेट हुँदा बर्दिया साथिको दुखद खबर भयो म त्यता जान लागेको भने तर घटना विबरण भनेनन्न् ।

करिव ९ बजेतिर भाई यमनारायणले गुलरियाका नेता पहिलेका मेयर पाण्डेयलाई राती कस्ले गोली हान्यो रे दाजु भनेपछि नजिकको श्रोत कृष्ण खनाललाई बुझ्दा घटना सत्य भएको पुष्टि भयो । गोविन्द पाण्डेय भनेपछि मनले नगई मानेन  जसरिपनि जानुपर्छ भन्ने भयो । आफ्नो त साधन साईकल मात्र थियो चिनेको एक पसलमा ताला लगाएर बस चढेर गुलरिया पुग्दा नेकपाको पार्र्टी कार्यालयमा शव पुगाईसकेका थिए । यो पनि खनालले तपाई आईपुग्दा पार्टीकार्याय पुग्छौ सोझै पार्टी कार्यालय जानु भनेका थिए । पार्टी कार्यालय पुग्दा श्रद्धाञ्जलीकालागि  सबैजना नेता बामदेव गौतको पर्खाइमा थिए । बामदेव गौतम आईपुगेपछि सबैले मलिन अनुहार बनाएर आँसु खसाल्दै श्रद्धाका फूल चढायौं । हामिले नजिकको भादा घाटमा उहालाई अन्तिम बिदाई ग¥यौं । पाण्डेयसंग भेटघाटको संस्मरण गर्दा २०६४ को मंसिरमा नेपालगञ्जमा भेट भएको थियो ।  नागरिक समाज बर्दियाका अध्यक्ष थिए मध्यपश्चिम भरिको कार्यक्रम थियो एउटा सेसनको प्रस्तुतिको अवसर मैले पनि पाएको थिँए । पहिलो चिनजान त्यहाँ भएको थियो ।

यसपछि मैले २०६४ फागुनमा खैरापुर उनका घरमा नै गएर भेटेर आएको थिएँ । घर देखाईनिे मानछेसंग पनि बाटोमा भयको थियो भट्रायृका ज्वार्यभउकाले आजकाल भिनाजु भउका छन् धु्रवराज पौडेल । पछि उनसंग अन्तिम भौतिक भेट २०६४ को संविधान सभाको चुनावको प्रचारको बेला भएको थियो साथमा थिए कृष्ण खनाल । मपनि गुलरियाको नजिकै काकाको होटलमा बसेको थिएँ । प्रचारको बेला उहाहरुपनि होटलमा बस्नु भएको रहेछ । त्यहाँ उनले भनेको एक प्रेरणादायि  वाक्य अझै स्मरणमा छ र्। लेख्दै गए कलम तिखो हुन्छ बोलल्दै गए जिब्रो तिखो हुन्छ’ ।   उनले भनेझै तिखोपनि बनाउन सकिउको छैन लेखनपनि भुत्ते भउको छ तैपनि लेखक भनेर दरिन कछुवा गतिमा हिड्न भने छोडेको छैन ।  अलि अलि भएपनि कछुवा गतिमा पनि यसो प्रर्तिबिया दिने गरेपछि पचाउदा रहेनछन् ,भाटगिरी  त गर्न सकिदैन त बर्दियाका गोरखापत्रका समाचारदाता  मित्र मुकुन्द सुबेदी लेख्छन् तिमीले भन्ने गरेको भाट र पाउँना लाग्दा खाने भातमा फरक छ पाटीमा बोलाए भात त खान सकिएला भाट त खान सकिदैन भाट र भातको अर्थ थाहा पाउने भए शब्दकोश हेर्नु भन्छन् मैले पनि शब्दकोश पल्टाउने लेठो गर्नतिर लागेन मैले बुझेको ु नबुझेकाले पल्टाउनु  ।

उनले भनेजस्तै भात खाईएला कसैले बोलाउछन्भने भाट त खाईदैन भने जस्तै भाटगिरी त कसको गर्नु छ र बरु सत्य देखेको ठोकेकै जाति कसैलाई नपचे के भयो र देखेर पनि आँखा चिम्म गरेर  भाटगिरी गर्नुभन्दा । आजकाल के भएको हो खोई  के भएको हो म आफै अलमलमा छु । कलम त भुत्ते भैसक्यो किनभने कलमका ठाउँमा किबोर्ड भएपछि । औपचारिक वार्षिक परिक्षा दिनु नपर्ने भएत त्यो कलमको पनि कामै रहेन छ । वार्षिक परिक्षा प्रणालीको प्रोढ विद्याार्थीका नाताले परिक्षा दिई रहनु पर्ने भएकाले पाना रंगाउँन चाहि रंगाईन्छ बेला बेला । नत्र विष्थापनको शिद्धान्तमा कागजलाई कलमले किन दुख दिइरहनु । कलमको निबको ठाउँमा किबोर्डले काम पाएपछि । कलमको निबमा साच्चै खिया नै लाग्यो कि क्या हो । भँनाईमा कलम त दरो छ चलेको भन्नैप¥यो ।  कलम चलेको होइन र खासमा किबोर्डका गोट्टी चलिरहेका छन्। आजसम्मत अझ पछि केके चल्ने हुन्न् थाहा छैन । झन् बक त किबोर्डका गोटि पनि नचलाउनुु नपर्ने बोलेर लेख्ने जमाना आइसक्यो ।

कलमकै कुरा गर्दा कलमको पाटो को कुरा सकौ अनि अन्त लागौला । बुवाले घरमा निगालाका कलमले सत्यनारायण किताव र नारायणवली नाउँको किताव लगायत थुप्रै पुस्तक हथौटी लेखेको याद छ । कटुसकोे मसि अनि पहाडि नेपाली कागज र चिल्लोे बनाउनकालागि ढुँगाले कागज घोट्ने र चिल्लो पार्ने । त्यसमा पुस्तक लेख्न तयार गर्ने । निगालाका कलमले किताव लेखेको हथौटि किताव त  गाउँमा अझै छदैछन् । भने आफुले पनि यो अभ्यास नगरेको कहा हो र ? माटोमा धुलौटे पाटीमा बुवाले अक्षर सिकाएको मलाई अझै याद छ । कक्षा तिन नसक्दै सत्यनारायणको कथा र  सप्तसति चण्डि मुखाग्र त्यसै भएको थिएन होला । बुवा घरमा नभएका दिन काका आजका डा. धनकृष्ण उपाध्याय वानारशबाट शास्त्री सकेर आएका थिए । उनसँग गएर पढाई माग्थे । त्यो सबै संगत गुनको पारंगत भनेझै तराई झरेपछि काकाको सन्ध्याकालीन औषधिको हलकारा भएपछि सबै स्वाहा भयो । हलकारा भएपनि त्यो चिज चाख्नु परेन ।

अक्षरकै सिकाईकै क्रममा बुवाले बर्दिया विष्णुभक्त बजगाई पुसाईकहा घरमा राख्न खोज्नु भएको रहेछ । त्यो बेला गाईनेकाँडापनि टाढा बर्दिया आउन पनि टाढा थियो । त्यो कुरा आमाले बुवाको देहान्त भएपछि भनेको । यस्तै संगतमा मन नपरेर एक जान्न दुई जान्न तीन जान्न भन्दा कालीकोट पठाउने सम्मको सल्लाह पनि नभएको होइन त्यहाा त खर्क देखि घट्टका भारीको ठेकेदार हुन्छस् बरु मलहर नै जा भनेपछि आमाले मलहर आउँने अन्तिम विकल्प बन्यो । नत्र त्यो बेला कोई काकु हरु नन्ताल जानलाग्याको फेला परे केटो नन्ताले हुने धन्न कोई फेला परेनन् ।
हाईस्कुल पढाउन लगाएका भान्दाजु गोरु हराउँदा आफ्नो पढाई छोडेर भागेर हरिद्धार गएका भान्दाजु फर्केपछि उनकै सल्लाहमा धन्न हरिद्धार नलखेटिएको त्यहा लखेटिएको भए के भइन्थ्यो थहा छैन  सायद पक्का पण्डित । बुवाको इच्छा आफ्ना आँखाले एसएलसि पास भएको देख्ने ठूलो रहर थियो । अनि आफ्ना साथमा बस्न पाएको भए पण्डित बनाईहाल्ने, पुसाई धनिराम उपाध्याय संग को भेटमा मैले सुनेको भान्जले त एसएलसि पास गरिसके गरि खाईहाल््छन्। यसले एसएलसि पास भएकोे धेक्न पाए ।

त्यो एसएलसि पास भएका ति भान्दाजु दीपकराज आचार्य दाजु पनि टीकापुर पढेर फेरी नेपालगञ्ज पढ्न गएका मान्छे । नेपाालगन्जमा अविभावक मामा साथमा भएकाले कडा अनुशासनमा रहन नसकेर अरुको अन्डरमा बसिन्न भनेर अलग बसे आइकममा त्यो ब्याग भन्ने बोकेर घर फर्किए । आजपनि भारतमा छन् । उनका मामा मेरा काका लिलाराज उपाध्याय आज नेपाल गञ्जमा जमेर बसेका छन्। कलमकै कुरा गर्दा म २०६४मा नेपालगन्जमा खास बस्नाको उदेश्य प्रेस इन्टिट्युटमा पत्रकारीता सिक्न बसेको । लेखेर कमाउने मेरो कुनै मेसो थिएन । खासमा म आफै पत्रिका दर्तागरि सम्पादन गर्न सक्ने हुने र के लेख्ने कसरि लेख्ने आधिकारकि जान्न भर्ना भएको । कैलालीबाट आउँदा के प भयो थियो मान्छे नबनेर म घर फर्किन्न भनेर आफ्नो डेरा डण्डा कापि कतिाव सबै बोकेर पकेटमा भएको रु १४० बोकेर चामल साइकल र आफ्ना सामान लिएर आएको त्यो  पनि नेपालगञ्जबाट पिकनिक गएको बस भेट्टाए पछि सस्तोमा ल्याईदिए  ।

नेपालगञ्जमा भाई नामको मान्छेको कोठा छदै थियो तर त्यो भाई भन्नेले पनि आफ्ना कोठामा बस्न दिएन । मैले नेपालगञ्जमा अलग कोठा लिन प¥यो खोज्दै जाँदा बाटोमा एक दिदी भेटे हरि तन्नम लुगा लगाएको कोठा खोज्दै जाँदा कोहि त घरमा पनि पस्न दिदैनथे । बाटोमा एक दिदीले भनिन्न् । खोई तपाईलाई मन पर्छकी पर्दैन । घरमा केटीहरु मात्र छन् । अरुलाई दिएको छैन तपाइलाई मन परे म दिन्छु । आउनुहोस भनेर कोठा हेरे ठिकै लाग्यो भाडा १००० । हुन्छ भनेआफ्नो सामान सारे । अब खास सुरु भयो खास खर्कको बसाई सामान जोड्नु छ । अनि नजिक नै सम्झिछन् जसलेपनि गारो पर्दा नजिक सम्झिदा नेपालगन्जमा लिला अँकल थिए । अनि उनकहाँ गएर पुराना दुई स्टोभ ल्याएँ बनेछ भने चलाउनु भनेर दिए । त्यो दुईटाका सामान एटामा बनाएर चल्ने भयो । गुजाराका लागि म लेख्ने पत्रकारिता भनेर फुई नलाउने विचार कहा थियो र मैले भैरमथानका बारे लेखेको लेखले म सुर्खेतमा चिनिएको थिए ।

तिनै चौतरिया नेपालगञ्जमा बागेस्वरी एफ एम छ भन्ने था भयो । काम माग्न गए उनले कमल वि.के. निर्र्माेहीलाई तेस्र्याए रेडियोको स्वर त छ तर यहा तलव त्यस्तै हो भोलिन्टियर कामको कुरो आयो । आफुलाई भात खानु छ पहिला कहाको तिन महिना भोलिन्टिएर । पत्रकार भन्नुपर्ने भोलिन्टिर बरु के गर्ने शुभकामना स्टेसनरिका सन्तोष पौडेल दाईको पसल त्यहा फोटोकपि पेपर बिक्र हुने । अनि रुपैडिहबाट साइकलका फोटोकपि फेपर बोकियो र बरु तरकारी ल्याईयो । अब अलि दाम अरु पनि बनाउनु पर्ने भयो । विचार गरियो गाइनेकाँडामा अम्रेसोकोकुचो बेसरि हुने त्यो कुचो ल्याएर नेपालगन्ज बेचेपछि राम्रो आम्दानी देखियो । अनि लाज नमानेर पत्रकारिता सिक्न जाँदापनि पछाडी कुचो लिन छोडिएन जस्ले जे सुकै भनोस् । नेपालगञ्जमात्र होइन रुपैहिहासम्मपनि लिएर बेचियो । 
यस्तैमा नेपालगञ्जमा एक दिन बाटो परे तिनै काकाकहाँ गएको साईकलमा कुचो छदई थियो । काकाको घरबेटीको पसल रहेछ उनले कुचोपनि बेच्दा रेहेछन् उनलेपनि होलसेल कुचो राखे । काकाले मलाईपनि कुचो ल्याइदिएस् नभनेको भए म त्यो कुचो लिएर भोलिपल्ट जान्थेन । काकाको पक्कीघरको पलास्टर सफागर्न अम्लिसो कुचो चाहिने । भोलिपलल्ट कुचो लिएर गएको त चाहिनेजति कुचो पनि राखे  रुपैया पनि दिए । मैले परल मुल्य मात्रै लिएँ कुचोपनि राखे हतोत्साहित हुनेगरि गालि पनि दिए । म अलि नर्भस हसने स्वभाव थियो उक महिनाजति कोठामा भउको कुचो निकाल्न सकेन यस बोलिले मेरो पेटमा लात हानिउको थियो ।पछि बजारमा गएर कुचो व्यापारी खोजेर खरिद भाउमा कुचो बेचिदिए उधारो उसले पछि पैसा दियो । त्यो घटना मैले विर्सिसकेको थिए । विर्सिनपनि एक प्राज्ञिक मान्छेले त्यस्तो गर्दैन मति पनि ठेकेदारी भएछ भनेर विर्सेको ।

मैले किर्सिसकेको घटना अस्ति काकिले झल्यास्स सम्झाईदिन । हजुरआमा बिरामी भएपछि खबर गर्न काकिलाई फोन गरेको काकाको हाल खबर सोधेको त तेरा काकाले हपकाएको सम्झेको छस् भनेपछि आजसम्म काकाले बिर्सेका रैनछन्त मानहानि भएको भनेर क्षमा माग्न यो विन्ति पत्र लेख्दै छु । मान हानि भएकोमा कामा अझै रिसाएका छन्रे । पत्रकार भनेर म चिनउँने मेरै अगाडि कुचो बेच्ने भनेर अस्ति हजुरआमा बिरामी हुदा त्यहि कुरो काकीले फेरी सँझाएपछि । मैले भने आफुलाई चाहिदा ल्याउनु भन्ने अनि उनको मान पनि हानी हुने कस्तो मान । काकीले त्यति भनेपछि यो मानहानी भइको भए क्षमा गर्दिनु काका । त्यो मेरो हालत उस्तै छ म त्यो हजुरले दिएको स्टोभमानै भात पकाएर खान्थे  सुर्खेत हुन्जेल अझपनि सुर्खेतको कोठामा राखेको छु चिनो स्वरुप मेरो हाल यस्तो थियो भनेर थाहा पाउनकालागि । अनि कुचो पनि महेन्द्र शर्माले मलाई पनि कामरेड भनेका थिए । दुई कुचा उनलाई दिन बनाएको पनि चिनो मेरो कोठामा अझै छ । आफ्नो धरातल विर्षेको छैन । 

अब रह्यो कुचो त्यो कुचो भनेको त यति धर्मि चिज रहेछ जसले फोहोर सफा गर्छ । विहानै घरको फोहर सफा गर्छ घरलाई सफाराख्छ । त्यहि नेपालगञ्जमा कुनै समुदायमा नाङ्लो र कुचो त भाई तिहारमा नभई नहुने रहेछ । त्यस्तो लक्ष्मीलाई मैले घरघर डुलाएर खर्च चलाउँदा काकाको मान हानी भए म के गरु । म नेपालगञ्जमा बाँचे त्यहि कुचो बेचेर म गर्वले भन्छु कसैसंग हात थाप्नु परेन । मेरो मेहेनेत देख्ने एक थिए पूर्णलाल चुके उनले भनेका थिए । जनमतलाई व्यावसायिक बनाउन सक्नेभए यसमा काम गर्नुस । त्यो सेवाभावमा चलेको थियो अझै व्यावसायिक भएको थिएन र छैनपनि । त्यसले आव्श्यकता पुरा हने देखिन । मानविय सहयोको लागि म आज पनि सहयोग गरिरहेको छु र उनले पनि चेलाको व्यवहारनगरेर एक सहपाठि साथिको व्यवहार गर्छन्  काठमाण्डौ आउँदासाथ बोलाउछन् फोनमा पृष्ठपोषण गर्छन्  ढाडस भनेको त यो होलानित । 

एक प्रसंगमा  मैले भनेको थिएँ काकासंग दुइ रुपैया पनि त मागेको छैन भन्दा उत्तरमा उमेर एउटै हो कति माग्छस भनेकोपनि मलाई  याद छ, लाग्छ म जानि जानि माग्ने छैन काका । भाइहरुलाई साम्रो सस्कार दिनु । आखिर म भाइहरुलाई जानेको बाटो देखाउने नै छु । कुचोबाट सुरु भएको जिन्दगि सुर्खेत पुगेर काकीले पहिला नेतृत्व गरेको पर्लेसको पदाधिकारी भइयो । अनि त्यहाको प्रकाशन रातोथुँगाको सम्पादन गर्र्दे दिन गयो  । आज आएर राजधानिमा किताव देखि शुद्ध रुपैयाले काम चल्ने हरेक काम गरेको छु काका । हजुरआमाको दिर्घजीवनको कामना । आज यो सम्पादन गर्दा हजुरआमाको जुठो बारेको पाँछ दिन पनि भयो श्रद्धाञ्जली ।उहिल्यै काकीले चोरी गर्नु हुदैन सुर्खेतमा एक धनी मान्छेको छोरो कपालमा ढकिया लिएर तरकारी विक्री गर्न सडकमा उत्रियो यसरि उसले आफ्नो व्यवसाय गरेको थियो छोरा । जे गरेपनि हुन्छ भनेर प्रेरणा दिएको होइन र कोहोलपुर घर हुँदा पकौडा पकाउकि क्या हो बुडा भनेर काका संग सल्लाह गरेको होइन न र ? अनि तरकारी बेचेर आम्दानी गर्ने सल्लाह काकाले नै दिएको होइनर ।

हो एक पटक भरि मैले काकाले भनेको मानिन जपरि पढ् खर्च मेरो भनेको भरि म अब पढ्न सक्दैन भनेको थिएँ । पढेपछि मान्छे हुन्छन् भनेको सम्झेको छु । म सक्दैन भने हार खाएको थिएँ फेरी आँट गरे ढिलै भएपनि त्यो प्रवेशिका पास भएँ । समय न हो कहाँदेखि कहाँ पुगाएछ । कठमाण्डौ आएपनि धेरै दःुख गरेर स्थापित भएको हुँ त्यो पनि सुनेको थिए । एक प्रेरणा आजका सुदूरपश्चिम प्रदेशका महान्यायधिवक्ता नाताले काका पर्छन् । उनको प्रेरणा यस्तो छ काठमाण्डौ भनेको यस्तो हो स्थापित हुन म मरेपनि मरुला भनेर लाग्नु पर्छ भनेको सुने धेरैपल्ट काठमाण्डौ आउने र बस्न नसकेर फर्किने गरेको २०६३ मा नै ताहाचल पढ्नेगरी डेरा डण्डा लिएर आएको आफन्तकहाँ पाउना लगाइले सम्भव नभएर फर्किए ।
 यो कलमको अभियान र अक्षरको कोराईको अभियानले आज काठमाण्डौमा नेपालको पहिलो राष्टिय दैनिक गोरखापत्रको नयाँ नेपाल सस्करणमा  खस भासाको संयोजकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर जुराएको छ ।

पत्रकारको परिचय बजारमा नचिनेका कोहि नहुने बजारमा गयो सबै चिनेका । काठमाण्डौमा त कोई चिन्दैनन् बरु चियाको गिलास माझेपनि नफर्कने भनेर काठमाण्डौ लागेको । सुरुवातका दिन असाध्यै कष्टकर बिते सायद त्यसैलाई सुखमान्नु पर्छ । यो निवासको नामनै सरगम निवास राख्दा हुने छ । मोदनाथ प्रश्रित, गणेशमान  जस्ता राष्टका विभुति भुमिगत बसेको कोठा भएर उनको ज्ञानको तरंग भएर होकि । यो कोठामा प्रवेश गर्दाको आनन्द नै बयान गर्न सकिदैन । माथिल्लो तलामा जन गाएक रामकृष्ण दुवाल सारेगमपधनिशा, शानिधपमगरेशा शाशाशा रेरेरे...भन्नदै एकजुगमा उकदिन ....गोपाल प्रसाद रिमालको गीत गाउन थाल्दा त्यहि झंकारले तल्लो तलाको यो बबुरोपनि त्यहि तालमा आफ्ना अध्ययन सामग्री तयार गर्छ र लागिहाल्छ आफ्नो कर्ममा । कसैले उनको नाम मात्र सुनेका होलान् मेरा घरबेटी भउका छन् पज्ञ जनगाएक रामकृण दुवाल ।जसले बामपन्थिले सबैभन्दा बढी गाउने र जनआन्दोलनमा सबैभन्दा बढी गाइएको गीत श्याम तमोटलिखित गाउँगाउँबाट उठमापनि पास्र्व गाएन गाएका छन् । आज तिनकै समिपमा संङ्गीतका नोटेसन पनि रेखाङ्कित हुदै छन् ।

 सुर्खेतको  जस्तै अहिले काठमाण्डौमा पनि आफन्तको एक रेखा छ । धन्न यो कलमको खेति नछोडेको हुनाले र कलमले अक्षरपारेको  पाण्डुलिपी नामकोत सुर्खेतमा नै छ  । यहाँत यो अक्षर पार्ने साधन रामविनयले सित्तैमा दिएर गुन लगाएकाले म बिना तनाव अक्षर पार्दे छु र किबोर्डमा आज यो जन्मीयो । मनमा गढेर बसेको हुँदोहो लेख्दा यस्तै भयो नियत बस कसैलाई खुइल्याउने गरि लेखिएको छैन । नियतिले कसैको छातिमा तिर लागेछ भने क्षमायाचना  गर्दछु   कताबाट सुरु गरेको कता पुगेर अन्त भयो । यसपाला यस्तै भयो ।

(लेखक - गोरखापत्र राष्ट्रिय दैनिकको नयाँ नपाल संस्करण अन्तर्गत खस जुम्ली भाषाका पृष्ठ संयोजक हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

Top