ट्रेण्डिङ

होमपेज / समाज

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८३ बैशाख २ गते बुधबार १०:०८:५५ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको र पहाडी भू–भागमा आंशिक बादल लागेको छ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज(बुधबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग लगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू–भाग लगायत बाँकी हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने, तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top