होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको छ ।
विभागका अनुसार आज(मंगलबार) कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ ।यस्तै, आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भाग र हिमाली क्षेत्रमा बादल बढ्ने तथा केही स्थानमा मौसम बिग्रने सम्भावना रहेको छ । कोशी र गण्डकीका पहाडी क्षेत्रमा भने एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै, हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।