ट्रेण्डिङ

होमपेज / विचार

कोरोना कहरको सामना गर्न तयार हौं

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार १३:४३:४९ मा प्रकाशित

कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । युरोप, अमेरिका र अरु विश्वको त तुलना नै नगरौं अहिलेलाई । तर भविष्यमा के होला यसै भन्न सकिन्न । छिमेकी देश भारतसहित दुनियाँका बारेमा देखिएको र सुनिएको समाचारका आधारमा नेपाली जनताको अनुशासन र सरकारको प्रयास निकै उत्तम देखिएको छ । यो लेख तयार पार्दासम्म नेपालमा ३१ जना संक्रमित छन् । तीन जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । संक्रमितहरु अस्पतालमा छन् तर सामान्य अवस्थामा ।

अहिले मानिसदेखि मानिस डराउने अवस्था छ । यस्तो लाग्छ हरेक मानिससँग कोरोना छ । मैले छुने कुनै पनि स्थानमा अरुले छोएको भए त्यहाँ कोरोना पर्खेर बसेको छ कि भन्ने डर लाग्छ । नछोइ हुँदैन । छोयो कि हात धोयो गर्नु परिरहेको छ । घरमै लक डाउनमा त छौं तर घर बाहिर ननिस्किएर हुँदैन । अति जरुरी सामान किन्न नजिकको पसलसम्म पुग्नैपर्छ । पसलका समानमा पनि त कोरोना हुनसक्छ । अरुले छोएर दिएको हरेक समानमा कोरोना पर्खेर बसेको छ कि जस्तो लाग्छ ।

कोरोनाको चरित्र बुझ्न अभैm सकिएको अवस्था छैन । विश्व स्वास्थ संगठन (डब्लु एच ओ)ले हरेक पटक नयाँनयाँ कुरा बाहिर ल्याएको छ । पहिले गर्मीमा यो त्यति प्रभावकारी हुँदैन भनिएको थियो । तर, पछिल्लो पटक ६० डिग्री सेल्सियसमा पनि यो सक्रिय भएको भन्ने सुनिन आएको छ । बढीमा १४ दिनमा लक्षण देखाइसक्छ भनेको थियो ।  अहिले त्यो सीमा मिचिएको छ । यस्तो विश्वास अरु पनि थिए र छन् तर अब ती कुनै भरपर्दा भएनन् । पैसा बिना दैनिकी चल्दैन । अरुले नछोएको पैसा हँुदैन । हरेक पटक पैसाको लेनदेन गर्दा शंका उत्पन्न हुन्छ । पैसा छोएको हात त साबुन पानीले मिचिमिचि धोउँला तर पैसालाई त्यसरी धुन मिलेन गोजीमा, पर्समा राख्नैपर्ने हुन्छ । अब त बाटोमा हिँड्दा पनि कोरोना भएको ठाउँमा टेकिएको त छैन भनेर शंका गर्नुपर्ने अवस्था हँुदैछ ।

अत्यावश्यक सेवा दिनुपर्ने ठाउँका मानिस कोरोनासँग डराएर घरमै बसे भने के होला ? त्यसैले यस्तो सेवासँग जोडिएका धेरै मानिस सार्वजनिक स्थलमा सेवा दिइरहेका छन् । उनीहरु सुरक्षित हुनै पर्छ नत्र त्यहीबाट धेरैमा कोरोना सर्ने खतरा सबैमा छ । उद्योग बन्द छन्, यातायात बन्द छ, व्यवसाय बन्दछन् । ती त खुलेपछि चलाउँला तर कृषि कर्मका लागि त सिजन महत्वपूर्ण हुन्छ । धानको बिऊ राखेको छ, त्यो लक डाउन खुलेपछि रोपौंला भन्दा हँुदैन । गहुँ पाकेको छ, तरकारी टिप्ने बेला भएको छ, फलपूmल पाकेका छन्, उखु काट्ने बेला भएको छ, चियाको मुना टिप्ने बेला भएको छ, कुखुराले दिएको अण्डा थुप्रिएका छन्, गाई भैसीको दुध दिनैमा दुईपटक नदोएर भएकै छैन । अहिले रोप्नु पर्ने धान, अहिले लगाउनु पर्ने बाली, अहिले खनजोत गरेर तयार पार्नु पर्ने खेतबारीको माटो पछि गर्न सकिदंैन । गरेर हुँदैन । यी त केही उदाहरण मात्रै हुन् ।

पुस माघसम्म प्रकृयामै अलमलिएर फागुन चैतबाट शुरु भएको सार्वजनिक विकास निर्माणका काम शुरु भएका त थिए तर ती सबै अधुरा छन् । सडकमा असारसम्ममा सक्ने गरी बनाउन थालेका पुल, कल्भट, खनिएका बाटा सबै अधुरा छन् । काम गर्ने मजदुर बिचल्लिमा परेर साइड छाडेर कष्टले गाउँघर फर्किएका छन्, फर्कदै छन् । अब लक डाउन खोल्ने वित्तिकै यो तुरुन्तै शुरु हुदैन । शुरु हुँदाभन्दा अगाडि नै वर्षा लाग्छ । बाढी, पहिरोले ती अधुरा काममा अरु क्षति गर्ने छ । यस्तै यस्तै ।
 अब के गर्ने त ?
पहिलो काम कोरोनाबाट बच्ने र बचाउने । हामी सबै त्यही काममा लागेका छौं । सबै तहका सरकार र सरकारका सम्पूर्ण अङ्ग त्यसैमा सकृय छन् । केही व्यक्ति कोरोनाको कहर बढोस्, समाजमा अस्तव्यस्त होस् । बाँच्नेमा आपूm परियोस् र त्यही निहुँमा सरकार असफल भयो भनेर दोष थुपार्न पाइयोस् मात्रै होइन अब सरकार हामीले मैले चलाउन पाउनुपर्छ । सरकारको महत्वपूर्ण काम मैले गर्नुपर्छ भने जसरी पनि प्रस्तुत भएको देखिन्छ । तर खुलेर त्यसो भन्न हँुदैन र भन्दैनन् । सरकारको आलोचना गर्नै हुँदैन, सरकारले सबै राम्रो मात्रै गर्छ भन्ने होइन । सुधारका लागि, सरकारलाई सही बाटोमा हिँडाउन गरेको आलोचना सुन्नुपर्छ । गलत भए सच्चिुनु र सच्याउनुपर्छ । तर सरकारको विरोध मात्रै गर्ने रगत, जिन, चेतना, सोच भएका मानिसले योभन्दा बढ्ता गरेको देखिदैंन । यसबारेमा धेरै चर्चा नगरौं । समाजमा यस्तो पनि हुन्छ भनेर चित्त बुझाउँ । आपूmले गर्ने काम गरौं ।
हामीले नचाहँदा नचाहँदै, रोक्न कोसिस गर्दागर्दै पनि कोरोना देशमा भित्रिएको छ । प्रदेश, जिल्ला, पालिका, वडा हुँदै छिमेकमा र घरैमा आउन सक्छ । आपैmलाई हुन सक्छ ।

कोरोना खप्न समय पाइन्छ तर भोक खप्न समय पाइदैंन । कोरोनाबाट जोगिन सकिन्छ, लागिहाले निको हुन सक्छ, अलि गाह्रो भए अस्पताल पुग्नुपर्ला । निको हुन सकिन्छ । विज्ञहरु भन्छन्, ८० प्रतिशत कोरोना संक्रमित भएका मानिस अस्पतालमा नगएर पनि ठीक हुन सक्छन्् । अहिले कोरोना भएका मानिस औषधि गरेर, अस्पताल गएर निको भएका होइनन् । बिरामीको आन्तरिक क्षमता र मनाबल दह्रो बनाएर बाँचेका हुन् । अहिले कोरोना संक्रमित भएकाबाट अरुमा सर्न नपाओस् भनेर सतर्क हुने काम नै पहिलो एक्सन र उपचार भएको छ । कोरोना संक्रमित मध्ये १५ प्रतिशत जति अलि जटिल प्रकारका हुने हुँदा उनीहरुलाई अस्पतालको विशेष केयर र कसैकसैलाई भेण्टिलेटरको आवश्यकता पर्ने हो । ५ प्रतिशत जतिको निधन हुने हो । यद्यपि मृत्यु हुनेको प्रतिशत बढ्न सक्ने पनि देखिएको छ । तर पनि कोरोना लागेका सबैको मृत्यु नै हुन्छ भन्ने हुँदै होइन । निको भएर घर फर्किएकाबाट यो पुष्टि हुँदै गएको छ ।

लक डाउनको नियम पालन गर्न र कोरोनालाई जित्न हामी धेरै मानिस घरमा बसेका छौं । तर भोकले सताएका मानिस कुम्लो, कुटेरो र लालाबाला लिएर सडकमा निस्किएका छन् । कारण हो भोक । यदि लक डाउन लम्बिदैं जाने अवस्था आयो भने आज कोरोनालाई जित्न घर बसेकाहरु भोक जित्न नसक्ने भएपछि सडकमा निस्किन वाध्य हुनेछन् । अर्थात सडकमा भोक हिडिरेको छ । आगामी दिनमा भोक सडकमा आउन बाध्य हुनेछ । किनकि भोक खप्न सकिदैन । यो दिन नआउला भन्न सकिदैन । यस्तो पनि नहोला भन्न सकिदैन कि हाम्रै देशमा, प्रदेशमा, पालिका र वडामा, गाउँमा, छिमेकमा र घरमा पनि कोरोना संक्रमित थपिदंै जानेछन्, अस्पताल भरिभराउ हुनेछन्, अति आवश्यक भएकालाई मात्र अस्पतालमा राखिने छ र अरुलाई परिवारको जिम्मा लगाएर संक्रमितलाई एकान्तमा राख्न सुझाइएला ।

मृतकको संख्या नसोचेको जसरी थपिदैं जाला, जसरी आज विकसित देशमा हुँदैंछ । त्यो अवस्थामा हामीले के गर्ने ? कोरोनाको कहर कति लम्बिएला भनेर अहिले कसैले भन्न सक्ने अवस्था छैन । शुरुमा एक हप्ताको लागि लगाएको लक डाउन पाँचौ हप्तामा चल्दैंछ । त्यसपछि पनि खुल्छ भन्ने छैन । यस्तो अवस्था केही हप्ता होइन केही महिना त पक्कै जाने भयो । त्यसपछि के हुन्छ । सबैको अनुमान मात्रै हो । शुरुमा हावाबाट नसर्ने भनिएको कोरोना अहिले विश्व स्वास्थ संगठनले हावामा पनि केही समय कोरोना भाइरस बाँच्ने भनेको छ । त्यसैले माक्स सबैका लागि अनिवार्य छ भन्यो ।

कोरोनाबाट बाँच्न सकिन्छ तर नखाएर बाँच्न सकिदैन । त्यसैले कृषिका कर्मलाई सजगता अपनाएर खुल्ला गरौं । चाहेर पनि सबैले कृषि कर्म गरेर उत्पादन गर्न सक्दैनन् । कृषकले उत्पादन गरेको अरुले किनेर खाने हो । किन्नलाई पैसा चाहिन्छ । पैसा कामले सिर्जना गर्छ । काम नभए भोलिका दिनमा उत्पादन भए पनि किनेर खानु पर्नेसँग पैसा नहुन सक्छ । त्यसैले समस्या गहिरिदैं जान सक्छ । भोकका अगाडि कानून, सामाजिक मूल्य, मान्यता, सद्भाव, इमान आदिका पर्खालहरु नभत्केलान् भन्न सकिदैंन । त्यसैले केही नयाँ पनको खोजी गर्दै काम र आय आर्जनका ढोकाहरु अलिअलि गर्दै खोल्दै जानुपर्छ ।

अब हाम्रा बानि फेरिनु पर्छ । आचरण र स्वभाव फेरिनु पर्छ । सामाजिक दुरी कायम गर्ने, स्वास्थ सतर्कता बढाउने, नियमित स्वास्थ जाँचलाई निरन्तरता दिने, कटौती गर्न सकिने खर्चको पहिचान गर्ने र कटौती गर्ने, थोरै आम्दानीले जीवन चलाउन सिक्ने, भएको आम्दानीबाट संकट परेको बेला चाहिन्छ भनेर अनिवार्य बचत गर्ने, न्युन आय भएका मानिसले समेत बचत गर्नै पर्ने नियम बनाउने र यस्ता वर्गले गरेको बचतमा स्थानीय पालिका मार्पmत बचत रकममा थप गर्ने (अनुदान दिने) व्यवस्था मिलाउनु पर्छ ।

स्वास्थलाई नोक्सान गर्ने चुरोट, गुट्खा, परागलगायतका बस्तुको उत्पादन र आयातलाई तुरुन्तै प्रतिबन्द लगाउने, जङ्कफुडलाई नियन्त्रण गर्ने, गरिष्ठ भोजनको उत्पादनमा सीमा तोक्ने र सार्वजनिक सूचना मार्पmत यस्ता वस्तु हानिकारक छन् भनेर प्रचार गर्ने, स्वास्थलाई उति फाइदा नगर्ने पत्रु खानाको विज्ञापनमा पुर्ण त रोक लगाउने आदि जस्ता काम गर्नुपर्छ । यसले आम मानिसको स्वास्थमा जुन नोक्सान भइरहेको छ त्यसलाई कम गर्न सकिन्छ । अर्को कुरा यस्ता वस्तुमा आम मानिसको पैसा खर्च भएर बचत हुन सकेको छैन ।
भिडभाड र मानिसको जमघट हुने खालका सेवा तथा व्यवसायलाई व्यवस्थित बनाउन प्रयास गर्ने । यस्ता व्यवसायलाई व्यवस्थित गर्न नसकुञ्जेल सेवालाई बन्द गर्ने ।

न्युन आय भएका मजदुर, किसान र साना व्यवसायीको पहिचान वडावडाबाट शुरु गरेर निःशुल्क र नियमित स्वास्थ्य जाँच र स्वास्थ सम्बन्धी परामर्श दिएर सामाजिक दुरी कायम गरी सार्वजनिक र निजी निर्माणका कामकलाई खुकुलो बनाउनु पर्छ । भिडभाड नहुने उद्योग व्यवसायलाई प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ । जस्तै चिया बगान र चिया प्रशोधनका कारखाना सञ्चालनमा सानो होसियारी अपनाउँदा पुग्छ । यस्ता व्यवसाय लामो समय बन्द गर्नु हुँदैन ।

हामी आत्तिनु हुँदैन, आत्तिएर अभैm धेरै नोक्सान हुन सक्छ । तर, होसियार हुनै पर्छ । यो संकटको बेलामा हामीले अति नै न्युन आए भएका र गरिव परिवारको लगत लिन सक्छौं । केही हदसम्म यो काम भएको पनि छ । तिनलाई व्यवस्थित गर्ने, स्थाई परिचय पत्र दिने, ठेगानाको यकिन गर्ने गर्नाले आगामि दिनका लागि यो निकैै काम लाग्ने हुन्छ ।

जसरी सामाजिक सुरक्षा भत्ता पाउनेको रेकर्ड अध्यावधिक गरिन्छ त्यसरी नै हरेक वर्ष न्युन आय भएका यस्ता समुदायको रेकर्ड अध्यावधिक गर्दा सरकार (तीनै तहका) ले प्राथमिकता दिनु पर्ने मानिसको पहिचान हुन्छ । समाजका न्युन आय भएका मानिसलाई सधै राहत दिएर हँुदैन । यिनलाई आयआर्जनसँग जोडन सक्नुपर्छ । जीवन जिउने कला सिकाउनु पर्छ र भविष्यका लागि बचत गर्न प्रेरित गर्नुपर्छ । हामी यो कोरोना कहरलाई अवसरमा बदल्न र यसको सामना गर्न तयार भएर कर्म गर्दा मात्रै कोरोनाले सिर्जना गरेको विपत्तिबाट उम्कन र जित्न सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top