ट्रेण्डिङ

होमपेज / पर्यटन

नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने

नेपालगाथा २०८१ असार १५ गते शनिबार १५:१८:१९ मा प्रकाशित

गोविन्द रावत, जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचार प्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । र अब आउने दिनमा यसको प्रचार प्रसार हुन आवस्यक रहेको छ। यो गुफा धार्मिक र सामाजिक पर्यटकिय रूपले अति महतत्वपूर्ण रहेकाकाे छ।

उक्त गुफाको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुन:निर्माण तथा संरक्षण र संवर्धनका लागि सङ्घीय सरकारबाट प्राप्त अनुदानमार्फत रु ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले नेपाल गाथालाई जानकारी दिनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पैदलमार्ग , धर्मशाला लगायत भौतिक संरचना निर्माण गरिने उहाँको भनाइ छ ।

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि सबै तहका सरकारलाई आग्रह अनुरोध गरेको बताएका छन् र केही मात्रामा बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको कुरा बताउनु भएको छ।

तिलाको भित्री अलपत्रमा रहेको नदै गुफालाई संरक्षण सम्वर्द्धन गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ करिब दुई सय मिटर लामो धार्मिक गुफा रहेको छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ ।

साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।” गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीय शिक्षक धनश्री थापाको भनाइ छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जग बहादुर बस्नेतले बताउनुभयो । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top