ट्रेण्डिङ

होमपेज / पर्यटन

लामो समयपछि बुद्ध जन्मस्थल लुम्बिनी खुल्याे

बासु देब न्याैपाने २०७७ मंसिर ४ गते बिहीबार १०:५१:४८ मा प्रकाशित

४ मंसिर, बुटवल । लामो समयपछि बुद्ध जन्मस्थल लुम्बिनी खुलेको छ । आठ महिनापछि लुम्बिनी खुलेको हो ।  सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।

पर्यटकीय स्थल लुम्बिनी  खुला गरिएसँगै पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् । कोरोना कहरका कारण बन्द भएको पर्यटकीय स्थल लुम्बिनी आठ महिना पछि खुल्दा आन्तिरीक पर्यटकको चहलपहल सुरु भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top