ट्रेण्डिङ

होमपेज / पर्यटन

'लुम्विनी भ्रमण वर्ष २०७६' मनाउन कर्णालीस‌ँग सहकार्य

नेपालगाथा २०७६ बैशाख १६ गते सोमबार १७:४६:४३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका नागरिकलाई आफ्नो प्रदेशमा भ्रमण गर्न ५ नम्वर प्रदेश सरकारले निम्तो गरेको छ । लुम्विनी भ्रमण वर्ष २०७६ घोषणा गरेको ५ नम्वर प्रदेश सरकारले लुम्विनीसहित अन्य पर्यटकीय स्थलहरुको भ्रमणका लागि कर्णालीका नागरिकलाई निम्तो गरेको हो । ५ नम्वर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले कर्णाली प्रदेश सरकार र नागरिकलाई पठाएको निम्तो लुम्विनी भ्रमण वर्ष प्रचारप्रसार सचिवालय सदस्य प्रदिप आचार्यले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढालाई साेमबार सुर्खेतकाे वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयाे ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको एक समारोहका बीच प्रचार प्रसार सचिवालय सदस्य आचार्यले कर्णाली प्रदेशको सुर्खेतमा रहेको काँक्रेविहार र लुम्विनीलाई जोडेर अभियान चलाउन सकिने भन्दै लुम्विनी भ्रमणका लागि निमन्त्रणा गर्नुभएको हाे । यसपालीको वौद्ध जयन्ती अर्थात् जेठ ४ गते विशेष कार्यक्रमका साथ लुम्बिनी भ्रमण वर्ष शुभारम्भ गरी अर्को वर्षको वौद्ध जयन्तिसम्म मनाउने गरी एक वर्षे कार्यक्रमकाे तय गरिएकाे छ । निम्ता ग्रहण गर्ने क्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले लुम्विनी भ्रमण वर्षसँग कर्णालीको पर्यटनलाई पनि जोड्नुपर्ने बताउनुभयो । साथै उहाँले भ्रमण वर्षमा कर्णाली प्रदेशका नागरिककोसमेत उल्लखनीय सहभागिता रहने बताउनुभयो ।

भ्रमण वर्षको अवसरमा मायाँदेवी प्रसुति उत्सव, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायाँदेवी मन्दिरमा दैनिक दीप प्रज्जवलन, मासिक फुल मून डे, त्रिपिटिक वाचन, योग तथा ध्यान शिविर आदि कार्यक्रम गरिने छ । माइति जाँदै गर्दा मायादेवीले सिद्धार्थ गौतम बुद्धलाई लुम्विनी वनमा जन्म दिएको विषयलाई समेटेर मायादेवी प्रसुती उत्सव, बुद्धले ज्ञान प्राप्त गर्ने क्रममा सुजाता नाम गरेकी एक युवतीले खिर खुवाएको प्रशंगलाई समेटेर सुजता खिर उत्सव, बौद्धकालिन खानाहरुको प्रदर्शनीलगायत गरिने प्रदेश नम्वर ५ ले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top