ट्रेण्डिङ

होमपेज / पर्यटन

विभिन्न प्रस्तुतिहरु सहित कर्णाली महोत्सव शुरु (फाेटाे फिचर)

नेपालगाथा २०७५ फाल्गुण ४ गते शनिबार २०:०८:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली महोत्सव २०७५ शनिबारबाट शुरु भएको छ । महोत्सवको कर्णाली प्रदेशका कार्यवाहाक मुख्यमन्त्री तथा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका बिच महोत्बसवको उद्धघाट्न गरेका हुन ।

फाल्गुन ३ गते (शुक्रवार) उद्धघाट्न गर्ने आयोजकको तयारी भएपनि मौसमको प्रतिकुलताको कारण उद्धघाट्न एक दिन पछि सारिएको हो । सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवको (शनिवार) आज भव्यताका साथ उद्धघाट्न गरिएको हो ।

महोत्सवको उद्धघाट्न गर्दै कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महोत्सवको पुर्ण सफलताको कामना गरे । उनले कर्णाली सरकार निजी क्षेत्रसंग सहकार्य गरेर सम्बृद्धि तर्फ उन्मुख हुन चाहेको बताए ।

‘हाम्रा गौरबका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव कर्णाली महोत्सव’ अत्यन्तै सान्र्दभिक नारा भएको उल्लेख गर्दै महोत्सवले सम्रग कर्णालीका गौरव र ईतिहासका पानाहरुको खोजी साथै सम्भावनाका खोजीहरको अभियानमा थप सार्थकता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बेला बखत सञ्चालन हुने मेला महोत्सवले यस क्षेत्रको व्यापार, पर्यटन संगसंगै यस क्षेत्रको कला साहित्य र भाषा भाषिको जोर्गेना गर्ने उल्लेख गरे । कार्यवाहक मुख्यमन्त्री समेत रहेका मन्त्री ज्वालाले कर्णाली महोत्सव २०७५ प्रति आफु र आफ्नो सरकारको पुर्ण सर्मथन रहेको बताए ।

उनले सरकारको तिन खम्बे निति अन्र्तगत निजि क्षेत्र पनि समावेश भएकाले निजी क्षेत्रको प्रर्वद्धन नभएसम्म सरकार र सम्रग मुलुक अघि बढ्न नसक्ने भन्दै कर्णाली सरकार निजि क्षेत्र संग सधै साथमा रहने बताए । यसैबिच महोत्सव आयोजक सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले मन्त्री ज्वाला समक्ष निजि क्षेत्रको समस्या र सम्रग कर्णालीका व्यवसायीहरको माग सहितको ११ बुदे ज्ञापन पत्र पेश गरेका छन ।

महोत्सव उद्धघाट्नमा कर्णाली सरकारका भौतिक पुर्वाधार मन्त्री खड्क खत्री,प्रदेश सभाका सांसद अमर थापा , राजु गुईँदेल, मिनासिहं रखाल, विरेन्द्रनगर नगरपलिकाका उपमेयर मोहनमाया ढकाल, नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल , नेकपाका जिल्ला सदस्य अमृत विसी लगायतले शुभकामना व्यक्त गरे ।

आजका सांगितिक प्रस्तुतिहरु कर्णाली महोत्सवको पहिलो दिन आज राष्ट्रिय तथा स्थानिय कलाकाहरुले आफ्नो बेजोड सांगितिक प्रस्तुति राखेका छन । शनिवार चर्चित लोकदोहोरी गायिका पुर्णकला बिसी, प्रसिद्ध हास्यकलाकार राजा राजेन्द्र, लोक गायक बलु विसी, र सुकदेव अधिकारीले आफ्नो प्रस्तुति दिएका छन ।

यस्तै लोकदोहोरी प्रतियोगिता तर्फ आज १ टिमले प्रतिस्पर्धा गरेका छन । लोेकदोहोरी टिम सिन्धुपाल्चोक तथा लोकदोहोरी टिम जाजरकोट बिच भएको प्रतिस्पर्धामा सिन्धुपाल्चोकले जितेको छ आईतवार भोली आउने कलाकारहरु कर्णाली महोत्सव २०७५ अन्र्तगत आईतवार पनि विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । आईतवार चर्चित लोकदोहोरी गायक रामजी खाँड, लोक पप गायक अर्जुन कौशल र लोक दोहोरी गायक शक्ति चन्दको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top