ट्रेण्डिङ

होमपेज / पर्यटन

२० लाख पर्यटक भित्र्याउने : पर्यटनमन्त्री विकास लम्साल

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १५:३७:१८ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने अभियान शुरू गरेको बताएका छन् । आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै मन्त्री लम्सालले त्यसका लागि चालू आर्थिक वर्षको फागुनदेखि पोखरा–सिमरा, चैतमा नेपालगञ्ज–पोखरा सिधा हवाइ उडान सञ्चालन गरिने बताए । पर्यटन प्रवद्र्धनका लागि सन् २०१९ मा आन्तरिक पर्यटक भित्र्याउने कार्यक्रम, २०२० मा चीन र भारतबाट पर्यटक भित्र्याउने, २०२१ मा पोखरा विमानस्थलमा दैनिक ४ हजार पर्यटक उतार्ने र २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनासहित सरकार अघि बढेको जानकारी दिए का छन ।

प्रदेश घुम्न आएका पर्यटकको स्वागतका लागि होटल, रेस्टुरेन्ट, ट्याक्सी, ट्रेकिङ एजेन्सी लगायतले ‘नमस्ते अभियान’ शुरू गर्नुपर्ने बताए का छन । उनले भने, ‘नमस्ते अभियानले पोखरामा ट्याक्सी चढ्ने पर्यटकलाई पैसा कति दिन्छौं भन्दा पनि नमस्ते गरी मन जितेर पैसा लिनुपर्छ ।’ सरकारले गण्डकी प्रदेशभित्र पर्यटकीय गन्तव्यका प्याकेजमा निर्धारित शुल्क तोकिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक भ्रमण वर्ष सफल पार्न महत्त्वपूर्ण सुझाव दिएका थिए ।

पर्यटकीय गन्तव्य पहिचान गरी निजी क्षेत्रलाई लगानीको वातावरण र सरकारले भौतिक संरचना बनाइदिनुपर्ने व्यवसायीको सुझाव छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन व्यवसायी इमान्दारका साथ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top