ट्रेण्डिङ

होमपेज / समाज

विद्युत प्राधिकरणले माग्यो आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण

नेपालगाथा २०८३ श्रावण ९ गते शनिबार २१:०३:४१ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै मूल्य अभिवृद्धि कर (भ्याट) का बारेमा देखिएका कानुनी तथा प्राविधिक अन्योलबारे आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण मागेकाे छ । प्राधिकरणले आर्थिक ऐन, २०५३ बमोजिम विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर लागू भएपछि उत्पन्न दुई महत्वपूर्ण विषयमा राय मागेको हो।

प्राधिकरणका अनुसार २०८३ साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको छ। त्यसपछि कर विजक जारी गर्ने क्रममा केही विषयमा द्विविधा देखिएकाले विभागको आधिकारिक स्पष्टीकरण मागिएको हो। प्राधिकरणले असार महिनामा उपभोग भएको विद्युतको बिल साउन १ गते जारी भएमा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषय स्पष्ट पार्न अनुरोध गरेको छ।

स्वीकृत ट्यारिफअनुसार उपभोक्ताबाट लिइने न्यूनतम चार्ज तथा डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा समेत स्पष्टिकरण मागिएको छ। करसम्बन्धी व्यवस्था स्पष्ट भएपछि सोहीअनुसार बिलिङ प्रणाली कार्यान्वयन गरिने पत्रमा  उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top