ट्रेण्डिङ

होमपेज / समाज

नेपाल रेडक्रसको निर्वाचन प्रक्रिया स्थगित

नेपालगाथा २०८३ बैशाख २३ गते बुधबार १५:४७:१२ मा प्रकाशित

काठमाडौं । अर्को सूचना नभएसम्मका लागि नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सीडीओ कार्यालयको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू यथास्थितिमा राख्ने निर्णय गरेको हो ।

रेडक्रसले आगामी असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न तयारी गरेको थियो । जसअन्तर्गत पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते र केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो ।

महामन्त्री मीनबहादुर मल्लले हाल सुरू गरिएको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्म यथास्थितिमा राख्न निर्देशन प्राप्त भएकाले सोही बमोजिम गर्न भनेका छन् । केन्द्रीय कार्यालयले आफ्ना सबै प्रदेश कार्यालय, जिल्ला शाखा र पालिका शाखा समितिहरूलाई पत्राचार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ दिनअघि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न रेडक्रसलाई निर्देशन दिएको थियो । ​प्रशासनले निर्वाचन रोक्नुका पछाडि संस्थागत सुधार र शुद्धीकरणको आवश्यकतालाई औंल्याएको छ ।

निर्वाचन प्रक्रिया अघि बढाउनुपूर्व संस्थाको विधानमा यथोचित सम्बोधन सहितको संशोधन गर्ने, नयाँ सदस्यताका लागि खुला आह्वान गर्ने, प्रत्येक तहका प्रतिनिधिको स्वस्थ प्रतिस्पर्धा, सुनिश्चित गर्ने र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र जवाफदेही बनाउन सीडीओको निर्देशन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top