ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी नेपालद्वारा पत्रकार महतको उपचारका लागि एक लाख सहयोग

नेपालगाथा २०८१ फाल्गुण २६ गते सोमबार २०:१२:३१ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनका मधेस प्रदेश अध्यक्ष पत्रकार फणि महतको उपचारका लागि आर्थिक सहयोग गरेको छ । लामो समयदेखि गम्भीर स्वास्थ्य समस्या भई उपचार गराइरहेका महतको उपचारका लागि संगठनले सहयोग गरेको हो ।

संगठनको दोस्रो मधेस प्रदेश अधिवेशनको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा संगठनले उनको उपचारका लागि १ लाख रुपैँया सहयाेग प्रदान गरेको छ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतको उपस्थितिमा संगठका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारी नेपाल रौतहट जिल्ला अधिवेशनमा महतको उपचारका लागि प्रेस चौतारी नेपालको तर्फबाट सहयोग गर्ने अध्यक्ष बस्नेतले घोषणा गरेका थिए । सोही घोषणा अनुसार आज रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष बस्नेतले महतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top