ट्रेण्डिङ

होमपेज / समाज

शैक्षिक क्षेत्रमा इगरब्रिजकाे अविराम सफलता, कक्षा १२ मा नेपाल टप सहित उत्कृष्ट नतिजा

उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारसहित सम्मान

नेपालगाथा डेस्क २०८३ असार ९ गते मंगलबार ००:२६:४५ मा प्रकाशित

सुर्खेत ।  राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ काे नतिजा सार्वजनिक गरेसँगै सुर्खेतमा सञ्चालित इगरब्रिज आवासीय माध्यमिक विद्यालयले यस वर्ष पनि आफ्नाे उत्कृष्ट नतिजालाई कायमै राखेकाे छ । 

साेही खुशीयालीमा विद्यालयले साेमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरेर विद्यार्थीकाे सफलतामा खुशीयाली आदान प्रदान गर्याे । साेही अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारसहित सम्मान समेत गरेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार यस विद्यालयकी छात्रा डिलकुमारी सापकोटा ले ३.९६ जीपीए प्राप्त गर्दै व्यवस्थापन संकायतर्फ नेपालमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। याे विद्यालयकाे उत्कृष्ट नतिजाकाे निरन्तरता हाे । यस विद्यालयका १९ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन्।

यस वर्षको नतिजामा पनि उत्कृष्ट नतिजा ल्याएसँगै विद्यालयले शैक्षिक गुणस्तर, अनुशासित अध्ययनशील वातावरण तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धति सफल भएकाे थप पुष्टि गरेको छ। हरेक वर्ष धेरै विद्यार्थीले उच्च जीपीए हासिल गर्दै आएका कारण विद्यालय कर्णाली प्रदेशकै अग्रणी विद्यालयका रूपमा परिचित हुँदै गएको छ।

विद्यालयका प्रिन्सिपल दिपेन भूसालले विद्यार्थीकाे उज्जवल भविष्यका लागि विद्यालयमा अध्ययनशील वातावरण बनाउनु विद्यालय परिवारकाे एकमात्र उद्देश्य रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयो, 'विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। विद्यालयका सम्पूर्ण प्रयास गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र विद्यार्थीको सफल भविष्यतर्फ केन्द्रित छन्।'

विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूसालले आफ्नाे सपना र साेचाइ भनेकाे नै विद्यार्थीकाे भविष्य कसरी उज्यालाे बनाउन सकिन्छ भन्ने रहेकाे बताउनुभयाे । विद्यालयकाे वातावरण अध्ययनमुखी बनाउनु र विद्यार्थीलाई संस्कारी बनाउने तर्फमात्र एकाेहाेराे ध्यान केन्द्रित भइरहेकाे बताउँदै प्रशासन प्रमुख न्याैपानेले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक, नैतिक तथा संस्कारयुक्त शिक्षालाई समेत प्राथमिकता दिएको जानकारी दिनुभयाे ।

इगरब्रिज आवासीय माध्यमिक विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै देशमै एउटा सशक्त शैक्षिक संस्थाका रूपमा परिचित विद्यालय बन्न सफल भएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top